आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित
काठमाण्डौ।आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । २ सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १ सय ४ बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिएलिएको थिया । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिएको थियो ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाएको थियो । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिएको थियो ।
नेपालले अव भोलि स्कटल्यान्डसँग खेल्नेछ । लिग-२ मा ९ खेलमा ३ अङ्कसहित नेपाल तालिकाको सातौं स्थानमा छ । अमेरिका दोस्रो र क्यानडा शीर्ष स्थानमा छ ।