सुनको मुल्य नयाँ कीर्तिमान, एकैदिनमा १४ सय रुपैयाँले बढेयो

काठमाण्डौ । सुनको मुल्य ले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको मुल्य तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम भएको हो । सुन मुल्य बढेर तोलाको एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रबार सुनको मुल्य तोलाको एक लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको मुल्य आज तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलाको दुई हजार ७० रुपैयाँ रहेको चाँदी आज मुल्य बढेर तोलाको दुई हजार ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।