जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्छ : प्रधानमन्त्री ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आसन्न कोप २९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताउनुभएको हो । उहाँले नेपालले जलवायुजन्य अन्तर्राष्ट्रिय फोरमहरुमा ‘जलवायुजन्य मुद्धाहरुमा’हरुमा नेतृत्व गर्ने गरेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन सम्बन्धी छुट्टै मन्त्रालय नभएर जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने नभइ मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको बताउनुभयो । नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भुगोल रहेको दाबी गर्दै उहाँले जलवायु वित्त, जलवायु न्यायका विषयमा अहिले नेपालले खरो रूपमा आवाज उठाइरहेको बताउनुभयाे ।