प्रधानमन्त्री ओलीद्घारा जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ ।शनिबार वन तथा वातावरण मन्त्रालयले काठमाण्डौमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।उहाँले जलवायु परिवर्तनसम्बन्धी छुट्टै मन्त्रालय नभएर जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने नभई मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
खास गरी कोप २९ को तयारीका सन्दर्भमा नेपालको जिसन, अडान, दृष्टिकोण के हुने भन्ने विषयमा छलफल गरिरहेको विश्वास यस सम्मेलनले यो विषयहरू उपयुक्त र पर्याप्त जवाफ निकाल्ने विश्वास लिनुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।प्रधानमन्त्री ओलीले कोप २९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताउनुभयो । उहाँले नेपालले जलवायुजन्य अन्तर्राष्ट्रिय फोरमहरूमा क्लाइमेट इस्युजहरुमा नेतृत्व गर्ने गरेको जानकारी दिनुभयो ।
उहाँले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्न सक्ने भूगोल भएको बताउनुभयो । उहाँले जलवायु वित्त, जलवायु न्यायका विषयमा अहिले नेपालले खरो रूपमा आवाज उठाइरहेको बताउनुभयो ।
नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरूमा क्लाइमेट इस्युजमा नेतृत्व गर्ने गरेको छ । सबैभन्दा बढी सरोकारवाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्न सक्ने भूगोल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा जलवायु परिवर्तनको ठुलो असर परेको महसुस गरेको बताउनुभयो । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षारोपणको अभियान सुरु गरेको र सङ्घ सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । जलवायु परिवर्तनका कारण महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको बताउनुभयो ।