एएफसी यू-१७ एशियन कप : नेपाल कतारसँग ५ गोलले पराजित
एएफसी यू-१७ एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहामा भएको गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोलले पराजित भएको हो ।
समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पनि पराजित भएपछि नेपाल अर्को वर्ष साउदी अरबमा हुने एएफसी १७ वर्षमुनिको एसियन कपमा छनोट हुन असफल भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि (आइतबार) बेलुका मङ्गोलियासँग खेल्नेछ ।