महिला सशक्तिकरण आवश्यक : नागरिकमन्त्री सुडी

काठमाण्डौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताउनुभएको छ शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको धारण व्यक्त गर्नुभयो । उहाँले महिला अधिकारका लागि निरन्तर तत्पर रहेको बताउनुभयो। उहाँले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासका लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री सुडीले महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताउनुभयो ।

मलिाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन्, महिला अधिकारका लागि निरन्तर तत्पर रहेको महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासका लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता उहाँले गर्नुभयो ।
‘‘महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पुर्‍याउन आवश्यक भएको र समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउनु पर्ने बताउनुभयो।

पिछडिएका व्यक्तिहरुको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशिल रहेको उहाँले बताउनुभयो । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरुलाई निर्मुल गर्न र महिला एवम् बालबालिकाका लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताउनुभयो ।