श्रीलंकालाई ६-० ले हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाण्डौ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ ।

दशरथ रंगशालामा आज सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी “साम्बा”, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे ।

नेपाल र भुटानको समान ७-७ अंक भएपनि गोलअन्तरमा नेपाल १ गोलले अघि रहँदै समूह विजेता बनेको हो ।

अब सेमिफाइनल खेल आइतबार हुनेछ । पहिलो सेमिफाइनल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ । दोस्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपाल र भारत खेल्नेछन् ।