राजनीतिक दलबाट सामाजिक संस्थाको सहयोग लिनु स्वाभाविक हक:महासचिव पोखरेल
काठमाण्डौ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दल पनि सामाजिक संस्था भएका कारणले त्यसको पुनर्निर्माण राज्य र नागरिक स्तरबाट सहयोग प्राप्त गर्ने स्वाभाविक हक भएको बताउनुभएको छ।
कतिपय राजनीतिक दलहरूले सुरुमै चन्दा र दानबाट पार्टी भवन निर्माण गरेको दृष्टान्त उल्लेख गर्दै महासचिव पोखरेलले यस्तो अवस्थामा नेकपा एमालेले पारदर्शी तरिकाबाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रूपमा चित्रण गर्ने र बहसको विषय बनाउने कुरा उचित नभएको पोखरेलले स्पष्ट पार्नुभएको छ।
बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले कार्यकर्ताबाट पर्याप्त सहयोग रकम सङ्कलन हुन नसकेको र बल्खु स्थित पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने पार्टीको संस्थागत निर्णय गरिएको स्पष्ट पार्नुभएको छ ।
यस्तो अवस्थामा पार्टीले विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुनर्निर्माण लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना राखेकोले सहयोग लिएको लिएको उल्लेख गर्नुभएको छ ।
नेकपा एमालेले नयाँ पार्टी कार्यालय बनाउनका लागि नभई पुराना पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुनर्निर्माण गर्न लागेको उहाँले स्पष्ट पार्नुभएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुनर्निर्माण नेतृत्व नेकपा एमाले आफैँले सरकारमा रहँदा गरेको पनि उहाँले स्मरण गराउनुभएको छ । एमालेले पहिले जनताका घर पुनर्निर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुनर्निर्माण गर्ने नीति लिएको पनि उहाँले स्मरण गराउनुभएको छ ।