अबदेखि वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई १० लाख क्षतिपूर्ति दिइने

काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीका क्रममा मुत्यृ हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम वृद्धि गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सरकार गठनको एकसय दिन पुगेको अवसरमा सम्बोधन गर्दै वैदेशिक रोजगारीका क्रममा मुत्यृ हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम बढाएको बताउनुभयो ।

यसअघि, मृतकका परिवारलाई सात लाख रुपैयाँ दिने गरिएकोमा सरकारले वैदेशिक रोजगारी नियमावली संशोधन गरेर अबदेखि मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो । बिरामी भई उपचार खर्च पाएपछि मृत्यु हुनेहरूलाई पनि क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ उपलब्ध गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सय दिनमा गरेको उपलिब्ध बमोजिम विदेशमा रोजगारी अनुमतिपत्र नभएकाहरू र यस वर्षको सेप्टेम्बरभित्र विदेशमा रहेकाहरूले नेपाली नियोगमा आवदेन दिएमा उनीहरूलाई वर्क पर्मिट उपलब्ध गराउने व्यवस्था गरिएको पनि बताउनुभएको् छ ।