गाजामा इजरायली आक्रमणबाट ७३ जनाको मृत्यु
प्यालेस्टिनी भुमी गाजापट्टीको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ ।
गाजाको उत्तरी क्षेत्रमा रहेको बेत लाहियामा रातको समयमा गरिएको आक्रमणमा मारिेनेमा महिला र बालबालिकाको संख्या अधिक रहेको छ ।
आक्रमणका कारण थुप्रै भवनहरु भग्नावशेषमा परिणत भएका छन् । घटनामा दर्जनौ घाइते भएका छन् । आक्रमणले भवनहरु भत्किँदा भग्नावशेषमा च्यापिएको आशंकामा उद्धार कार्य भइरहेको छ ।
यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले गाजाको बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द हँदा उद्धार कार्यमा बाधा पुगेको जनाएका छ ।
इजरायलले पछिल्लो समय भीडभाड हुने गरेको स्थललाई निशाना बनाइ आक्रमणलाई तीब्रता दिएको छ ।