साफ महिला च्याम्पियनशिप: श्रीलङ्कासंग माल्दिभ्स पराजित

काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबलमा श्रीलङ्काले माल्दिभ्सलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज (शुक्रबार) भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलले हराएको हो । श्रीलङ्काकाको लागि इमेशा वर्नाकुलासुरियाले गोल गरिन् । यो जीतसँगै श्रीलङ्काले ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा आजै आयोजक नेपाल र भुटान खेल्दैछन् । यो खेल अहिले बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।

साफ महिला च्याम्पियनशिपको समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, श्रीलङ्का र भुटान छन् । हिजोदेखि सुरु भएको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।