जर्मन चान्सलर स्कोल्ज र एर्दोगानबिच आप्रवासी समस्याबारे छलफल हुने
जर्मनीका चान्सलर ओलाफ स्कोल्ज मध्यपूर्वको बढ्दो सङ्कट र आप्रवासनबारे रेसेप तैयप एर्दोगानसँग वार्तागर्न शनिबार टर्कीको भ्रमण गर्नुहुने भएको छ ।
पदभार ग्रहण गरेको केही महिनापछि सन् २०२२ को मार्चमा अन्तिम पटक टर्कीएको भ्रमण गरेका स्कोल्जले इस्तानबुलमा राष्ट्रपति एर्दोगानलाई भेट्नुहुनेछ। गत साता जर्मन अधिकारीहरूले युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द्व र आप्रवासनलाई भ्रमणको मुख्य केन्द्रबिन्दु बनाउने बताउनुभएको थियो ।
युरोपको सबैभन्दा धेरै प्रवासी रहेको जर्मनीसँग टर्कीएको सम्बन्ध संवेदनशील छ र बर्लिनले एर्दोगानको नेतृत्वमा रहेको मानवअधिकार र लोकतन्त्रको अवस्थाबारे चिन्ता व्यक्त गर्नुभएको छ ।
एर्दोगान लामो समयदेखि गाजामा इजरायलको एक वर्ष लामो सैन्य अभियान र लेबनानमा इजरायलको घातक धक्काको कडा आलोचक रहँदै आउनुभएको छ । एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नाजी जर्मनीका एडोल्फ हिटलरसँग तुलना गर्दै आउनुभएको छ ।गाजामा इजरायल–हमास युद्ध सुरु भएपछि सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
बर्लिन इजरायलको बलियो समर्थक हो र जर्मनीले संयमको लागि आह्वान गर्दै इजरायली आत्मरक्षाको अधिकारको रक्षा गरेको छ । एर्दोगानले गत वर्ष जर्मनीको भ्रमण गर्दा स्कोल्जसँग द्वन्द्वलाई लिएर कडा धारणा राख्नुभएको थियो ।
शरण खोज्नेहरूले शृङ्खलाबद्ध हिंसात्मक अपराध र आक्रमणहरू गरेपछि स्कोल्जको सरकार यस मुद्दालाई लिएर चर्को दबाबमा परेको छ । गत महिना बर्लिनले टर्कीका असफल शरणार्थीलाई देश निकाला गर्ने योजनालाई अघि बढाउने योजनामा अङ्कारासँग सम्झौता गर्नुभएको थियो ।
रासस/एएफपी