ग्लोबल आइएमई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट सेवा प्रदान हुने

काठमाण्डौ।ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले एजिलस डायग्नोष्टिक नेपालमा प्रयोशाला परीक्षण गराएबापत निर्धारित शुल्कमा १५ प्रतिशत छुट प्रदान गरिने भएको छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रा.लिका फाइनान्स प्रमुख दिपक खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा बैंकका ग्राहकहरुले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।