अमेरिकालाई नेपालले दियो एक सय ६५ रनको लक्ष्य

काठमाण्डौ । पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले एक सय ६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो ।

नेपालका रोहितले सर्वाधिक ४९ रन बनाए । ३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका उनी रन आउट भए ।

ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । मध्यक्रमका दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट हुँदा गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए ।