साफ महिला च्याम्पियनसिप: उद्घाटन खेलमा भारतसंग पाकिस्तान पराजित
काठमाण्डौ । साफ महिला च्याम्पियनशिपमा भारतले विजयी सुरुवात गरेको छ । हिजो त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गर्दै भारत विजयी भएको हो । भारतको जितमा ग्रेस डाइङमेइले दुई तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान एक गोल गरे । यस्तै पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले गोल गरे ।
महिला साफ च्याम्पियनशिपमा आज आयोजक नेपाल र भुटान तथा श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सातवटा देशले प्रतिस्पर्धा गर्नेछन् । खेल कात्तिक १४ गतेसम्म चल्नेछ ।