ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको साइनो छैनः शंकर पोखरेल

काठमाण्डौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताउनु भएको छ।

बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताउनु भएको हो।

उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो, महासचिव पोखरेलले भन्नुभयो, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ।

महासचिव पोखरेलले मिनबहादुरसँग सहयोग लिँदा एमालेले कुनै सम्झौता नगरेको पनि बताउनुभयो। मीनबहादुर गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको किर्तिपुरको जग्गाको कुनै साइनो छैन, उहाँले भन्नुभयो।

एमाललेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाइ छ ।