राजनीतिक स्थायित्वका लागि बलिया दलको आवश्यकता छ: शंकर पोखरेल

काठमाण्डौ ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकासका लागि बलिया राजनीतिक दल आवश्यक रहेको बताउनुभएको छ।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ३ दाङको आयोजनामा पालिका कमिटीका नवनिर्वाचित नेताहरूलाई बधाई तथा प्रशिक्षण दिन तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले मुलुक निर्माणको लागि तीनवटा कुरा आवश्यक रहेको बताउनुभयो। मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको विकासको गतिमा अघि बढ्न सक्ने पोखरेलले बातउनुभयो।

जो सबैभन्दा बढी गैरजिम्मेवार छ राजनीतिमा उही नै बढी चर्चामा आउने विडम्बनापूर्ण स्थिति भएको उहाँले बताउनुभयो।सामाजिक सञ्जालमा आज सबै खराब कुरा मात्र देखिने गरेका उहाँले बताउनुभयो। सामाजिक सञ्जाल समाजका अराजकहरूले कब्जा गरेका कारण यो स्थिति आएको उहाँको धारणा छ।

युरोप, अमेरिकाको सपना देखेर मात्र नहुने बताउँदै देशलाई त्यस्तै बनाउन बलिया राजनीतिक दल आवश्यक रहेको र बलिया राजनीतिक दलले बताएको उहाँले बताउनुभयो ।प्रचारबाजहरूले देशमा विकास र समृद्धि दिन नसक्ने ,लोकप्रियतावादका आधारमा दृष्टिकोण नभएकाहरू नेता बन्दा देश भड्खालोमा पर्ने पोखरेलले बताउनुभयो।

उहाँको अनुसार निराशाको बिचमा देशको विकास हनु नसक्ने,यसका लागि आशा जाग्नै पर्ने र नागरिकमा आशा जगाउनु पर्ने स्पष्ट पार्नुभयो।भएका कुराको समेत चर्चा गर्न नसक्दा अराजकतावादीहरूका हाबी भएको र देशमा केही पनि भएन भन्नेहरूले यो बिचमा भएका विकासका काम हेर्न उहाँले आग्रह गर्नुभयो।

मुलुक बनाउनको लागि सकारात्मक कुरा जनताको बिचमा लैजानु पर्नेमा जोड र नकारात्मक कुराले मुलुकलाई उँधोगतिमा लैजान उहाँको भनाइ छ।कमजोरहरूले शासन गर्दा जनताको अपेक्षा पुरा गर्न नसकिने र त्यसैले मुलुकमा बलिया राजनीतिक दलले शासन गर्नुपर्छ भनेर एमाले र कांग्रेस मिलेर सरकार बनाएको उहाँले स्पष्ट पार्नुभयो।

आउने निर्वाचनमा नेकपा एमालेलाई निर्णायक शक्ति बनाउन आवश्यक रहेको , गठबन्धनले नीतिमा सम्झौता गराउने बताउँदै पोखरेलले नीतिमा सम्झौता गरेपछि विकास र समृद्धिको काम अघि नबढ्ने बताउनुभयो। त्यसैले आउने चुनाव कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लड्ने घोषणा गरेका पोखरेलले बताउनुभयो ।

 

नेकपा एमालेलाई अब काम नगर्नेहरूको कमिटी होइन, काम गर्नेहरूको कमिटी बनाउनु पर्ने बताउनुभयो । कमिटी ओगटेर बस्ने परिपाटीलाई अब अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एमाले जनताका समस्यासँग जोडिनु पर्ने बताउँदै एमालेका कमिटीले जनताका समस्यामा केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो ।

सही नीतिले मात्र काम नगर्ने बताउँदै त्यसको सही ढङ्गले प्रयोग हुने पर्ने र वैचारिक, राजनीतिक कामलाई पार्टी कामको महत्त्वपूर्ण विषय बनाएर अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो।

राजनीतिमा युवालाई जोड दिनुपर्ने बताउँदै उहाँले युवाको विदेश पलायन देशको लागि चुनौती भएको , युवा सहभागिता भएन भने देशको विकास पनि ओझेलमा पर्ने पोखरेलले स्पष्ट पार्नुभयो।