विकासमा राजनीतिक सहमति आवश्यक छ: महासचिव पोखेरेल

तुलसिपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्व सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपाती नयाँपन, पूर्वाधार निर्माण ,रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताउनु भएको छ।

गृह वडामा आयोजित अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो। महासचिव पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गर्नुभयो ।

उहाँले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताउनु भयो । उहाँले फरक प्रसङ्गमा घोराही तुलसिपुर सडकखण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र फोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताउनुभयो ।