पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १३ लाख जना मानिस बाहिरिए

काठमाण्डौ । पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १३ लाख जना मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार एक हप्तामा १३ लाख जना बाहिरिएका हुन् ।

अठार लाख जना मानिस दशैँ मान्न काठमाण्डौ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाख जनाको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो ।विभिन्न ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर भए पनि १३ लाख जना बाहिरिएका छन् ।