बाढी पहिरो जस्ता विपद्ले यो वर्षको दशैं उल्लासमय हुन सकेनस् प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी-पहिरो जस्ता विपद्ले यो वर्षको दशैं उल्लासमय नभएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्नुहुँदै सो कुरा बताउनु भएको हो।

उहाँले भिडियोमा भन्नुभएको छ: यो वर्षको दशैं उल्लासमय हुन सकेन। दशैंको मुखमा दशैं अघि आएको भीषण बाढी र पहिरोको कारण दुईसय भन्दा बढीले ज्यान गुमाएका छन्। कति घाइते हुनुभयो। धेरै जनधनको क्षति भयो। भौतिक पूर्वाधार पुलहरू बाटाहरू ध्वस्त भए। धेरैलाई घरबारविहीन बनायो। पहिरावरका सदस्यहरू बाढी पहिरोले चुँडेर लग्यो । यसैले हामी विगतजस्तो हामी दशैंमा यो अवसरमा रमाउन सकेको छैनौँ । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुनर्स्थापनामा जुट्नुपर्ने आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा लागिरहेको छु।’

उहाँले अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले गच्छेअनुसार दशैं मनाउन सबैलाई आग्रह गर्नुभएको छ।

यसको साथै प्रधानमन्त्री ओलीले यो दशैं परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराउनु भएको छ। बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले टीकाको कार्यक्रम नराखिएको बताउनु भएको छ।

प्रधानमन्त्री ओलीको दशैं सन्देश