काभा २० वर्षमूनीको च्याम्पियनशिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाण्डौ । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र किर्गिस्तानको खेल नेपाली समयअनुसार आज बेलुका ६ बजे शुरु हुनेछ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै उज्वेकिस्तान र माल्दिभ्स तथा तुर्कमेनिस्तान र श्रीलङ्का पनि खेल्दैछन् । पर्सि शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी छ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले पाँचौँ खेलमा भोलि तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुई टोलीबीच पर्सि २६ गते फाइनल खेल हुनेछ ।