नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डौ । सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज (बिहीबार) बस्दै छ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टीको संगठन सुदृृढीकरण, स्थानीय तहको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।