वरिष्ठ गीतकार विश्व वल्लभको निधन

काठमाण्डौ । वरिष्ठ गीतकार विश्व वल्लभको निधन भएको छ । काठमाण्डौको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा आज उहाँको निधन भएको हो । मस्तिष्कघात भएपछि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

वल्लभले तरादेवीले गाएको ‘शुभकामना’, अरुणा लामाले गाएको ‘भाग्यले खुशी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत लेख्नुभएको छ । उहाँ वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका भाइ हुनुहुन्छ ।