काभा यू–२० पुरुष भलिबल : नेपालले माल्दिभ्सलाई साेझाे सेटमा हरायाे

काठमाण्डाै । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई हराएको छ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । नेपालले पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–२० ले जित्यो । यसअघि हिजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोली छन् । नेपालले चौथो खेलमा पर्सि असोज २४ गते किर्गिस्तानसँग र पाँचौं तथा लिग चरणको अन्तिम खेलमा असोज २५ गते तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।