गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबिच सम्झौता सम्पन्न

काठमाण्डौ। गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबिच प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

दुई संस्थाबिच आइतबार आइपिओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएकोहो । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कूल रकम २२,५०,००,००० ९ अक्षरेपी-बाइस करोड पचास लाख रुपैयाँ० बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको हो ।

गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुरयाउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।