भारतको चेन्नईमा हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गयो

काठमाण्डौ । भारतको चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको छ ।

भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै भिडभाडका कारण उनीहरुको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लामो समयसम्म गर्मीमा बसेको र तातो लहरका कारण डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमीका कारण अरु २ सयभन्दा धेरै मानिस बेहोस भएका थिए । ९० जनाभन्दा धेरै अस्पतालमा भर्ना भएका खबरमा उल्लेख छ । तमिलनाडुका विपक्षी नेताले यस घटनाको लागि सरकारको आलोचना गरेका छन् ।