गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ
काठमाण्डौ । सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने हुनु भएको छ । आजै उहाँको सपथग्रहण हुने भएको छ ।
यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिनु भएको थियो । सरकारले उहाँमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।
आज ३ बजे सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

