चुनावमा आफ्नै पार्टीलाई भोट नहाल्नेलाई कारबाही गर्ने प्रचण्डको चेतावनी
काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनवर्गीय संगठनहरूको बैठकमा चुनावमा आफ्नै पार्टीलाई भोट नहाल्नेलाई कारबाही गर्ने बताउनुभएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभाको चुनावमा नेकपालाई केन्द्रीय सदस्यहरूले पनि भोट नहालेको रिपोर्ट आएको र भोट नहाल्ने केन्द्रीय सदस्यहरूलाई खोजेर कारबाही गर्ने बताउनुभयो ।
जेन–जी आन्दोलनपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका पार्टी र समूहहरू मिलेर नेकपा बनेको थियो । तर, चुनावमा चौथो भएको छ । प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जितेको छ । बिहीबार जनवर्गीय संगठनको बैठकमा प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरूले नै भोट नहालेकाले पार्टी पराजित भएको बताउनुभएको छ ।
५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको उहाँले बताउनुभयो । विचार र राजनीतिमा नेकपाले नेतृत्व गरेको पनि उहाँले बताउनुभयो ।

