कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापतिको राजीनामा अस्वीकार गरिने
काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा छलफल गरिने जनाइएको छ ।
बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा अस्वीकृतको प्रस्ताव पेस गरिने छ ।

