सुनको मूल्य आज तोलामा ७८ सयले घट्यो
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ८९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

