वर्तमान संविधानप्रति प्रतिवद्ध रहेको रवि लामिछानेको दाबी
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू वर्तमान संविधानप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आज बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले शासकीय स्वरुपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरू रहेको बताउनुभयो ।
लामिछानेले अहिले वर्तमान संविधानप्रति आफूहरूको प्रतिवद्धता नडगमगाएको र पार्टीका सांसदहरू पनि डगमगाउन नहुने बताउनुभयो । पुराना नेताहरूले मुलुकमा पुर्याएको योगदानलाई नजरअन्दाज गर्न नहुने उहाँको भनाइ छ ।

