दलहरूले पठाएको समानुपातिक सूची सच्याउनु नपर्ने, आजै निर्णय हुने
काठमाण्डौ । निर्वाचन आयोगले दलहरूले पठाएको समानुपातिक सांसदको सूची सदर गर्ने भएको छ । राष्ट्रिय दल बनेका ६ दलले पठाएको सूचीमा त्रुटि नभेटिएकाले सच्याउ नुनपर्ने आयोग स्रोतको दाबी छ ।
“दलहरूले पठाएको सूची रुजु गर्दा सच्याउनका लागि पत्र पठाउनुपर्ने अवस्था बनेन,” आयोग स्रोतले भन्यो, “समानुपातिक सांसदका विषयमा आजै निर्णय हुनसक्छ ।”
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले ४/४ सिट पाएका छन् ।
सोहीअनुसार, दलहरूले आइतबार क्लष्टरअनुसार समानुपातिक बन्दसूचीबाट सांसद सिफारिस गरेका थिए ।

