एन्फाले एकतर्फी ढंगले निर्णय गरेको भन्दै ‘ए’ डिभिजन क्लबहरू नै आन्दोलित
काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी ढंगले निर्णय गरिएको भन्दै क्लबहरू नै आन्दोलित बनेका छन् ।
आज सोमबार पत्रकार सम्मेलन गरी क्लबहरूले माग तत्काल सम्बोधन गर्न माग गर्दै धर्ना दिएका हुन् । एन्फा र क्लबहरूबीच गत कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्न उनीहरूको माग छ ।
एन्फाले यही चैत ३० गतेदेखि गर्ने गरी लिगको तालिका सार्वजनिक गरेको छ । तर क्लबहरूले नियमानुसार १४ क्लबको सहभागिता गर्नपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तोक्नुपर्ने माग राखेका छन् ।

