बालुवाटारस्थित मन्त्रिपरिषद् बैठक सुरु, कार्की आयोगको प्रतिवेदन पेस गरिँदै

काठमाण्डौ । मन्त्रिपरिषद्‌को बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा जेन-जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । फागुन २४ गते बुझेको प्रतिवेदनबारे सरकारले अहिलेसम्म केही निर्णय लिएको छैन । प्रतिवेदन सार्वजनिक गर्नेबारे चौतर्फी दबाब छ ।

आजदेखि जेन-जी अगुवाहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै प्रदर्शन थालेका छन् ।