कांग्रेसले समानुपातिकको बन्दसूचीबाट १५ महिलासहित २० जनाको नाम पठाउने

काठमाण्डौ । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

क्लस्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाउने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले नै नामहरू सार्वजनिक गर्ने प्रवक्ता चालिसेले बताउनुभयो ।