एमाले सचिवालय बैठक बस्दै, निर्वाचन समीक्षा गर्ने

 काठमाडौं ।  फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

दिउँसो १:०० बजे बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ । रासस