इनिशालाई न्याय माग्दै विद्यार्थीहरू आन्दोलित
विद्यार्थीहरूले इनिशाको हत्या भएको दाबी गर्दै सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले केही समय विद्यालयअगाडि धर्ना दिएका थिए । उनीहरूले घटनामा संलग्न जोकोही भए पनि कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेका छन् ।

२३ फागुनमा वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा इनिशा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो । उनको पोष्टमार्टम रिपोर्टमा शारीरिक सम्बन्धपछि अत्याधिक रत्तश्रावका कारण मृत्यु भएको भनिएको छ ।
घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेको र रक्तश्रावपछि अचेत भएको बयान प्रहरीसमक्ष दिएका छन् ।
इनिशाको मृत्युपछि नागरिक समाज र अधिकारकर्मीहरूले न्यायको आवाज उठाइरहेका छन् ।


