त्रिवि प्राज्ञिक परिषदमा डा. अधिकारी मनोनित
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषदमा शिक्षाविद् एवम् मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारी मनोनित हुनु भएको छ । त्रिवि कार्यकारी परिषदको फागुन ५ गतेको बैठकले उहाँलाई सदस्यमा मनोनयन गरेको हो ।
डा. अधिकारीले त्रिविको यस निर्णयले देशभरीकै सामुदायिक कलेजहरूको प्राज्ञिक परिषदमा प्रतिनिधित्व भएको बताउनुभयो ।
उहाँले सामुदायिक कलेजहरूले शैक्षिक गुणस्तर अभिवृद्धि गराउन परिषद मार्फत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, मदन भण्डारी मेमोरियल कलेजको आज बसेको शिक्षक, कर्मचारी तथा व्यवस्थापकहरूको बैठकले त्रिवि प्राज्ञिक परिषद सदस्य मनोनित हुनु भएकोमा क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

