आज पनि काठमाण्डौको वायु प्रदूषण अस्वस्थकर तहमा
काठमाण्डौ । काठमाण्डौमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ ।
रियल टाइममा मापन गर्ने आईक्यू एयरका अनुसार आज बिहान ६स्१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
काठमाण्डौ आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये छैटौं स्थानमा रहेको छ । पहिलो स्थानमा उज्वेकिस्थान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौ स्थानमा पनि भारतकै कोलकाता रहेका छन् ।
यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाका भने १० औं स्थानमा झरेको छ ।
प्रदूषण बढेपछि सरोकारवालाले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।

