पहाडी क्षेत्रमा मौसम सामान्य बदली, छिटपुट वर्षाको सम्भावना
काठमाण्डाै । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा मौसम सामान्य बदली छ ।
अरू बाँकी ठाउँमा आंशिक बदली रहेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले तराई र काठमाण्डौ उपत्यकाका केही ठाउँमा तुवाँलो लागेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा तथा हिमपातको सम्भावना छ ।
यस्तै मधेश प्रदेशसहित तराईका केही क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ ।

