रास्वपाले विश्वाससँगै चेतावनीसहितको मत पाएको छ, असफल हुने छुट छैन : शिशिर खनाल
काठमाण्डौ । रास्वपाका नेता शिशिर खनालले जनताले दिएको मत केवल विश्वास मात्र नभई जिम्मेवारी र चेतावनीसमेत भएको बताउनुभएको छ ।
काठमाडौं ६ मा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उहाँले मतदाताले देशलाई सुशासन र समृद्धितर्फ लैजान दुई तिहाइको विश्वास दिएको बताउनु भयो।
भ्रष्टाचार न्यूनीकरण, पुराना भ्रष्टाचारीलाई कारबाही र व्यावसायिक वातावरण निर्माण गर्ने कानुन बनाउनुपर्ने जनअपेक्षा स्पष्ट रहेको बताउनुभयो। जनताले दिएको मत खाली चेक नभएको उल्लेख गर्दै अपेक्षा अनुसार काम गर्न नसके पाँच वर्षपछि मत माग्न नआए पनि हुन्छ भन्ने चेतावनीसमेत जनताले दिएको बताउनुभयो ।
देशका कानुनहरू समृद्धिको पक्षमा, व्यावसायिक वातावरण बनाउने पक्षमा, रोजगारी सिर्जना गर्ने पक्षमा आफूहरू केन्द्रित हुने बताउनुभयो। रोजगारी सिर्जना गर्नुपर्ने एकदमै ठुलो चुनौती रहेको बताउनुभयो। उहाँले मतदाताको विश्वासलाई खेर जान नदिने बचन दिनुभयो ।

