आईसीसी टी-२० विश्वकपको फाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दै
काठमाण्डौ । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डबीच खेल्ने भएको छ।
फाइनल खेल आज बेलुका सवा ७ बजेदेखि अहमदावादमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा सुरू हुने भएको हो । दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने भएका छन् । भारतले गत बिहीबार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको थियो । साथै न्युजिल्यान्डले पनि पहिलो सेमिफाइनल खेलमा बुधबार दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
घरेलु टोली भारत टी–२० विश्वकपको साविक विजेता टोली पनि हो । गत माघ २४ गतेदेखि भारत र श्रीलंकामा शुरु भएको प्रतियोगितामा २० टोली सहभागी थिए । नेपाल यो टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको थियो ।

