राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा पाँचौं
काठमाण्डौ । राप्रपाका नेता ज्ञानेन्द्र शाही निर्वाचित भएका छन्।
जुम्लामा उम्मेदवार रहेका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत ल्याएका छन्।
नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिनिता कठायतले ४२१ मत ल्याएकी छन्।

