गुल्मी–१ बाट रास्वपाका सागर ढकाल विजयी
काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावमा गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल विजयी हुनुभएको छ ।
निर्वाचन आयाेगका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले १५ हजार १८१ मत पाउनुभएको छ ।
ढकाल १४ हजार ४६१ को मतान्तरमा विजयी हुनुभएको हो ।
यस्तै तेस्रोमा रहनुभएका नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत पाउनुभएको छ ।

