भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत ३१ हजारभन्दा धेरै मतान्तरले पराजित
काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावमा भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री ३१ हजार ३३८ मतान्तरले विजयी हुनुभएकाे छ ।
निर्वाचन आयाेगका अनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै नेपाली कांग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गर्नुभएकाे छ ।

