रवीन्द्र मिश्रद्वारा राप्रपा परित्याग : दलीय राजनीतिबाट तत्कालका लागि बिदा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गर्नुभएको छ ।

विगत ९ वर्षदेखि सक्रिय राजनीतिमा रहेका मिश्रले आफ्नो निर्णय कुनै निराशा वा हतारमा नभई धेरै सोचविचार गरेर लिएको बताउनु भएको छ ।