चितवन २ मा रास्वपा सभापति रवि लामिछाने विजयी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका हुनुभएको छ । लामिछानेले ५४ हजार ४ सय २ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गर्नुभयो । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत ल्याउनुभयो । लामिछानेले यसअघि २०७० र २०८० को उपचुनावमा यही क्षेत्रबाट चुनाव जित्नुभएको थियो ।