समानुपातिक प्रणालीमा पनि रास्वपाको अग्रता, एमाले चौथोमा

काठमाण्डौ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ भने नेकपा एमाले चौथो स्थानमा रहेको छ।

हालसम्मको मतगणनाअनुसार रास्वपाले २२ हजार ४ सय ४२ मत प्राप्त गरी सबैभन्दा अगाडि छ। नेपाली कांग्रेस ७ हजार ५ सय ५ मतसहित दोस्रो स्थानमा रहेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ३ हजार १ सय ६९ मतसहित तेस्रो स्थानमा छ भने एमालेले २ हजार ९ सय ९० मत प्राप्त गरेको छ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी ले ९ सय ५१ मत पाएको छ भने श्रम संस्कृति पार्टी को ९ सय ६० मत रहेको छ।