काठमाडौं-८ मा रास्वपाका विराजभक्त विजयी

काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर ८ बाट रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी हुुनुभएको छ ।

उहाँले २४ हजार ५९२ मतसहित जित हासिल गर्नुभएको छ । दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गर्नुभयो ।

२०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकान्नुभएको थियो । यससँगै रास्वपाले तीन सीटमा जित हासिल गरिसकेको छ । रास्वपाले यसअघि काठमाडौं १ र ६ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसले एक सीटमा जीत हासिल गरेको छ भने एमाले र नेकपाले खाता खोलेका छैनन् ।