च्यासलमा एमाले सचिवालय बैठक सुरू

काठमाण्डौ । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। बैठक केही समय अघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।